काठमाडौं, चैत ।
नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्षीको आवाजलाई नियन्त्रण गर्न खोजिए त्यसले ठूलो समस्या निम्त्याउने चेतावनी दिए। उनले भने,' संसदको भिमकाय स्वरुप जति ठूलो भए पनि प्रतिपक्षको आवाज प्रतिपक्षको आवाज नै हो।
त्यसलाई नियन्त्रण गर्न खोजियो भने आगोको झिल्को जति सानो भएपनि त्यो आगोको झिल्को नै हुन्छ।'
नेता केसीले संवाद र सहमतिमार्फत विश्वव्यापी रुपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता तथा संसदीय परम्परालाई मजबुत बनाउनुपर्नेमा जोड दिए।
उनले पुराना गलत मानकहरूलाई परिवर्तन गरी नयाँ मानकहरू स्थापित गर्नुपर्नेमा जोड दिए।