२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक : सभामुखमा रास्वापाका अर्याल निर्वाचित

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौँ, चैत ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गरेका छन ।

आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेका हुन ।

अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा आआफ्नो धारणा राखेका छन ।

उनीहरुले आ–आफ्नो धारणा राखेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको बैठकसमक्ष घोषणा गरेका हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार