२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद्का अधिवेशन : " दुवै सदनको बैठक आजबाट "

कार्यसूचिमा सभामुख निर्वाचन चैत २२, शुक्रबार मनोनयन

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार २ बजे नयाँ संसद् भवन सिंहदरबारमा बस्ने गरी दुवै सदनको बैठक आह्वान गरेका थिए।

जेन–जी आन्दोलनपछि निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने छन्। बुधबार बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति तय गरेको छ।

चैत २० गते सभामुख पदका लागि उम्मेदवार मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने तय भएको रास्वपा महामन्त्री कबीन्द्र बुर्लाकोटीले सञ्चारकमीलाइ  जानकारी दिए।

संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ।बिहीबारको बैठकमा सभामुख निर्वाचनको दिन तोक्ने कार्यसूचीमा उल्लेख छ।

नयाँ नियमावली नबनेसम्म पुरानै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम तोक्ने र तीनवटा अध्यादेश पेस हुने कार्यसूचीमा उल्लेख छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राख्ने तथा संविधानसभाका पूर्वसदस्य र विभिन्न सांसदहरूको निधनमा शोक प्रस्ताव पेस गरिने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार