२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन परिणाम : ' आयोगले आज राष्ट्रपतिसमक्ष पेस गर्ने '

बुधवार , चैत्र ४, २०८२

 

काठमाडौँ, चैत । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने भएकाे छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  सञ्चारकमीलाइ भने, ' आयोगले आफ्नो तयारी पूरा गरेपछि आज दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।'

नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने छ । संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दललाई बाटो खुल्ने छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । रास्वपा दुई तिहाइको बहुमत नजिक भएकाले एकल सरकार हुने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार