२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य शपथ

प्रमुख दलसँगको छलफपछि शपथ : " हलको तयारी तीव्र "

बुधवार , चैत्र ४, २०८२

 

काठमाडौँ, चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथका लागि नयाँ हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शपथका लागि सङ्घीय संसद् भवन सिंहदरबारमा नयाँ हल बनेको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रमुख दलसँगको छलफपछि शपथका लागि हलको तयारी तीव्र पारिएको हो । सचिवालयले निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै शपथका लागि सूचना सार्वजनिक गर्ने तयारी गरेको छ ।

१८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ । नेपाली कांग्रेस ३८, नेकपा -एमाले) २५ र नेकपाले १७ सिट पाएका छन ।

पहिलो पटक संसदीय राजनीतिमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ पाँच सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) छैटौँ दल बनेको छ । संसदमा महावीर पुन स्वतन्त्र सांसदका रुपमा सहभागी हुनुहुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार