काठमाडौं, फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन्।
सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल समक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।
शपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसदको लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सातै प्रदेशमा १८ पदका लागि भएको निर्वाचनमा एमाले(कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए।