२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्बाचन मत गणना

उपत्यकाका १५ क्षेत्र : रास्वपा १२ अगाडि, कांग्रेस एक क्षेत्रमा

शुक्रवार , फाल्गुण २२, २०८२

 

काठमाडौँ, फागुन । काठमाडौं उपत्यकाका १५ क्षेत्र मध्ये रास्वपाले अधिकांश क्षेत्रमा अग्रता लिएको छ । काठमाडौंका १० क्षेत्रमध्ये ८ क्षेत्रमा मतगणना चलिरहेको छ । यी क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।

काठमडौं - १ मा रञ्जु दर्शना , काठमाडौं२मा सुनिल केसी, काठमाडौं - ३ मा राजुनाथ पाण्डे, काठमाडौं - ४ मा पुकार बम, काठमाडौं - ५ मा सस्मित पोखरेल, काठमाडौं - ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन , काठमाडौं १० मा प्रदीप विष्टले अग्रता लिएका छन् ।

भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ। भक्तपुर- १ मा रुकेश रञ्जित र भक्तपुर - २मा राजीव खत्रीले अग्रता लिएका छन् । ललितपुर ३ मा तोसिमा कार्की र ललितपुर २मा जगदीश खरेलले अग्रता लिएका छन् ।

त्यस्तै कांग्रेसका उदय शमशेर राणाले ललितपुरमा अग्रता लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार