२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम क्षेत्र : ' आधा मतदाताले निर्वाचनमा भाग लिएनन् '

बिहिवार , फाल्गुण २१, २०८२

सुदूरपश्चिम क्षेत्र : ' आधा मतदाताले निर्वाचनमा भाग लिएनन् '

धनगढी, फागुन । सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरी जम्मा ५०.९ प्रतिशत मत खसेको छ ।

जम्मा १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७ मतदाताले मतदानमा भाग लिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार आठ लाख ४२ हजार ४८३ (४९.०७ प्रतिशत) मतदाताले भोट हालेनन् ।

कैलालीमा तीन लाख पाँच हजार १२२ ) ५५.४ प्रतिशत), कञ्चनपुरमा एक लाख ८४ हजार ३१६ (५८.६ प्रतिशत), अछाममा ६४ हजार ७८ (३९.२ प्रतिशत) मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिएका छन ।

यसैगरी, डोटीमा ५२ हजार ४८५ ४0. ९ प्रतिशत) , बाजुरामा ४६ हजार २३२ (५२.६ प्रतिशत), बझाङमा ५२ हजार २१७ (४१.१ प्रतिशत, बैतडीमा ७३ हजार १४८ (४६.८ प्रतिशत) मत खसेको छ ।

यसैगरी, एक पुरै गाउँले निर्वाचन बहिस्कार गरेको दार्चुलामा ४९ हजार ९६८ (५३.८ प्रतिशत) र डडेल्धुरामा ४५ हजार ९०९ ( ४९.२ प्रतिशत) मत खसेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार