काठमाडौँँ, फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिनसक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् ।
गुल्मी - १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् ।
उनले भनेका छन्, ' सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् ।
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ । उपसभापति शर्माले थापा प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा आफूसहितका नेताहरूले सांसदले सही मुद्दा उठाए वा उठाएनन् भनेर हेर्ने र आफ्नो क्षेत्रमा प्रत्येक दुई महिनामा आएर मतदाताको समस्या बुझे कि बुझेनन् भनेर झक्झकाउने बताए ।
उनले भने, संसदमा नरहेका म सहितका साथीहरूले जितेको सांसदले सही मुद्दाको उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रका प्रत्येक दुई महिनामा एक पटक आएर मतदाताको समस्या बुझे वा नबुझेको पार्टी कार्यालयमा बसेर झक्झकाउने काम गछौँ ।
उपसभापति शर्माले यो क्षेत्र कांग्रेस निर्वाचित भएपछि गुल्मीको अधिकतम विकासमा ध्यान दिनेमा डा. चन्द्र भण्डारी जिम्मेवार परिपक्व नेता भएकाले ढुक्क भएर जिताउन आग्रह गरे ।
उपसभापति शर्माले गुल्मीका मतदाता सामु भण्डारीले गरेका प्रतिवद्धता उनको मात्रै नभएर अब देशको नेतृत्व गर्ने कांग्रेसका सभापति थापाको पनि भएको बताए ।