२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेसको प्रतिबद्धता

कांग्रेस बदलियो : " राष्ट्रको स्वार्थ सबैभन्दा माथि "

' हामी घृणाको राजनीति गर्दैनौं, सबैलाई मिलाएर लिएर जान्छौं, हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई पनि बदल्छौं '

बुधवार , माघ २१, २०८२

 

काठमाडौं, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्ने दाबी गरेका छन्। बुधबार भिडियो सन्देश जारी गरेर सभापति थापाले कांग्रेसीहरूको आग्रहबमोजिम नै पार्टी बदलिएको स्पष्ट पारे।

'कांग्रेसलाई बदलेर आएका छौं। यो कांग्रेस २.० हो। यसले देश पनि बदल्छ,' उनले भने। उनले आफू उत्तेजनाको राजनीति नगर्ने बताए। सबेलाई मिलाएर लैजाने उनको भनाइ छ।

'हामी कुनै घृणाको राजनीति गर्दैनौं। हामी सबैलाई मिलाएर लिएर जान्छौं। हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई पनि बदल्छौं,' उनले भने।

बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई नराख्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार