काठमाडौँ, माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन ।
काठमाडौंमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले प्रधानमन्त्रीका उम्मेदवार कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे ।
उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए। उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताए ।
उनले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताए। उनले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताए । उनले भने, कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्।
प्रधानमन्त्रीका उम्मेदवार थुप्रै छन। कोही भदौ २३ कोही भदौ २४ वाला हुन। नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो।
सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको काँग्रेस र काँग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो।
सद्भाव, सुशासन र समन्नुत। अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ। हामी कसले जिताउँला आफ्नो ठाउँमा छ। जित्ने हार्ने चलिरहन्छ । उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताए ।