काठमाडौँ, माघ। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छन । उनले परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिडियो सन्देश मार्फत् उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन ।
अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अङ्गालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आएका छन, म बधाई दिन चाहन्छु, उनले भनिन् ।
नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेतालाई आग्रह गरेकी छिन्।