२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' दुई दिनभित्र उम्मेदवार टुंग्याउँछौं ' : उपसभापति शर्मा

निर्धारित समयमै निर्वाचन हुनुपर्छ

शुक्रवार , माघ २, २०८२

 

काठमाडौँ, माघ । बिशेष महात्रिबेशन नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् ।

आधिकारिकतासम्बन्धी जानकारी दिन शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए ।

उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै क्षेत्रमा उम्मेदवार टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताए ।

उनले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गरे । माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ ।

पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रकै लागि उम्मेदवार अबको दुई दिनभित्र टुंग्याउने गरी हाम्रो टिमले काम गरिरहेको छ,' शर्माले भने, ' घोषणापत्रको टिमले काम गरिरहेको छ ।

' निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पूर्ण रुपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार