काठमाडौं, माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले सर्वसहमति रूपमा थापालाई सभापतिमा चयन गरेको हो।
त्यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ। महामन्त्रीमा भने प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ।
सहमहामन्त्रीमा भने महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी(जनजातिबाट बहादुर सिंह लामा, खस(आर्यबाट उदयशम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।