२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन

देउवासँगको वार्ता बिना निष्कर्ष टुंगियाे : ' निर्वाचन प्रक्रियाबाटै टुंगो'

बुधवार , पौष ३०, २०८२

 

काठमाडौँ, पुस। नेपाली कांग्रेसमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

महामन्त्रीद्धयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको हो ।

 त्यो वार्तामा आफूहरू अपमानित हुनुपरेको महसुस गर्दै फर्कनु परेको छ । वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि महामन्त्रीद्धय अब विशेष महाधिवेशन प्रतिनिधिहरूको निर्णयका आधारमा अगाडि बढ्ने भन्दै फर्केका छन् ।

वार्तामा देउवाका पक्षबाट डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाल लगायतका नेताहरू सहभागी थिए । योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ ।

सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो । 

निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । 

उनले भने, ‘समय थप गरिएको छ अब निरन्तर प्रक्रिया अगाडि बढ्छ । अत्यधिक रुपमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउने क्रम जारी रहेको छ । उनीहरू अब निर्वाचनमा सहभागी भएरै छिनोफोनो गर्ने भनी आक्रोश व्यक्त गरिरहेका छन् ।

लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले भने, ‘त्यसै फर्कने कुरै भएन । महामन्त्रीहरूले आह्वान गरे । ६० प्रतिशत भन्दा बढीले नयाँ नेतृत्व खोजेर आएका छन् । अब नेतृत्व परिवर्तन गरेरै जाने हो ।

यथास्थितिमा छाड्यो भने त कांग्रेस सकिन्छ । दुई दिनका लागि आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनको समय लम्बिएर आजसम्म पुगेको छ ।

आजैटुंगोमा पुर्र्याएर जिल्ला जिल्लामा फर्कन महाधिवेशन प्रतिनिधिहरू आतुर देखिएका छन् । एक महाधिवेशन प्रतिनिधिले भने, ‘देउवासँग वार्ता गर्नुको अर्थ थिएन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार