२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' प्रोजेक्टेड गरिएकाबाट देशको मजाक ' : अध्यक्ष ओली

बुधवार , पौष २३, २०८२

 

काठमाडौं, पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि अहिले प्रोजेक्ट गरिएका मान्छेहरू देख्दा आश्चर्य लागेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू देश चलाउँछन् कि हल्ला गर्छन् भनी प्रश्न गरेका छन्। ' देश र राजनीतिलाई मजाक बनाइएको छ। राजनीतिलाई निषेध गर्ने, राजनीतिक दललाई निषेध गर्ने अनि उम्मेदवार हुन मन नगर्नेहरूलाई सडकबाट दर्खास्त हाल्न लगाउने।'

अहिले प्रोजेक्ट गरिएका मान्छेहरू हेर्दा आश्चर्य लाग्छ,' उनले प्रश्न गरे, 'योभन्दा दुर्गति देशको के हुन्छ? यस्तो मजाक देशसँग गरिन्छ? यस्तो खेलवाड देशको भविष्यसँग गरिन्छ ? अध्यक्ष ओलीले यसतर्फ नेपालका सञ्चारमाध्यम र बौद्धिक वर्ग पनि त्यति सजग देखिएको आरोप लगाए।

उनले बौद्धिक वर्गहरूलाई भावना बगेको बताए। 'बौद्धिक वर्ग सजग हुनुपर्नेमा भावनामा बगेको देखिन्छ,' उनले भने। उनले भदौ २३ गतेको आन्दोलन उपस्थितिको उपज नभएको बताए। त्यसका लागि ८- १० वर्षदेखि तयारी गरिएको उनको आरोप छ। भदौ २३ गतेको घटना तत्कालीन परिस्थितिको उपज होइन।

८- १० वर्षदेखिको तयारी हो,' उनले भने, 'म बिना संकोच भन्न चाहन्छु, देश जलाउनेहरू देशद्रोहीहरू हुन्। अपराधिहरू हुन्। कुनै आन्दोलनकारी होइन। ' उनले आफूले जेनजीलाई कुनै आरोप नलाएको स्पष्ट पनि पारे।

'यो जेनजीले जलाएको होइन। घुसपैठियाले जलाएको हो। बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका, आत्मा बेचिएका तत्त्वहरूले देश जलाएका हुन्। यो नेपाली अभ्यास होइन।

नेपाली आचरण पनि होइन। यति देशद्रोही काम कसले गर्छरु,' उनले प्रश्न गरे। मान्छेका मिसिल ताकेरै जलाइएको उनको आरोप छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार