२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रियसभा निर्बाचन

नेकपा गठबन्धन बाहिर : ' कांग्रेस, एमाले र मधेशी दलबीच तालमेल '

बुधवार , पौष २३, २०८२

 

काठमाडौँ, पुस । राष्ट्रिय सभामा माओवादीसँग सिट संख्यामा सहमति जुट्न नसकेपछि एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ समिकरण बनेको छ । तर माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।

तालमेलपछि कांग्रेसले ९, एमालेले ८ र जसपा लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।

यसैबीच, आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारसमेत टुंगो लगाएको छ ।

कहाँबाट को सिफारिसमा परे  :

कोशी प्रदेश : सुनिलबहादुर थापा

मधेश प्रदेश : धर्मेन्द्र पासवान र कर्ण रञ्जित

वाग्मती प्रदेश : गीता देवकोटा

गण्डकी प्रदेश  :  जगत तिमिल्सेना

लुम्बिनी प्रदेश   :  चन्द्र केसी र बासुदेव जंगली

कर्णाली प्रदेश  :  ललितजंग शाही

सुदूरपश्चिम प्रदेश :  खम्बबहादुर खाती

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । 

यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार