२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रियसभा निर्वाचन : ' कांग्रेसले अन्य दलसँग तालमेल गर्ने '

मंगलवार , पौष २२, २०८२

 

काठमाडौं,  पुस  ।  नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो।

तालमेलपछि क्लष्टरसहित उम्मेदवारको चयन बुधबार बस्ने बैठकले तय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए। कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार