२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत : ' उल्लंघन गरे के हुन्छ ? '

आइतवार , पौष १३, २०८२

 

काठमाडौं, पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ।

आचारसंहितामा दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।

कसैले आचारसंहिता लागू भएको अवधिमा यस विपरीतका काम कारवाही गरेको प्रमाणित भएमा आचारसंहिताको अवधि समाप्त भएपछि कारवाही गर्न सकिने व्यवस्था छ।

यस्तै आचारसंहिता बमोजिम अनुगमनका क्रममा कसैले उल्लंघन गरेको पाइएमा आयोगले उल्लङघनकर्ताको नामसहितको विवरण सार्वजनिक गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार