२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीले दिईन निर्बाचित एमाले नेतृत्वलाई बधाइ

शनिवार , पौष ५, २०८२

 

काठमाडौँ, पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिएकी छन ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएका भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन ।

यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ ।

पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, “निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार