काठमाडौं, पुस । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ( पहिलो संशोधन) अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधि सभा सदस्य निर्वाचन ( पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा ( १ ) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।