२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले महाधिबेशन : ' ओली तेस्रो पटक अध्यक्ष बने '

ओलीले १ हजार ६६३ मत प्राप्त गरे , पोखरेलको ५६४ मत

बिहिवार , पौष ३, २०८२

 

काठमाडौँ, पुस । केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलो पल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।

निर्वाचनमा २ हजार २२७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार