काठमाडौँ, मङ्सिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू भएको छ। भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू गरेका हुन्।
बन्द सत्रमा सर्वसम्मति नेतृत्व चयनका लागि प्रायशः गरिने छ। सर्वसम्मतिमा नेतृत्व चयन नभएमा मंगलबार मतदान हुने जनाइएको छ। एमालेको निर्वाचन आयोगको प्रस्तावमा मंगलबार विद्युतीय मेसिनबाट मतदान हुने जनाइएको छ।
बन्द सत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन्। यस्तै अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन्। ओली र पोखरेलको सम्बोधनपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिका पेस हुनेछ।
यसअघि आइतबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीको संख्या परिवर्तन गरेको थियो। बैठकले वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष पद हटाएर सचिवको संख्या थप गर्दै १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको थियो।