२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

' अर्थ मन्त्रालय - अर्थतन्त्र सुधारका काम गर्दैछ ' : मन्त्री खनाल

" छोटो समयमा सुधारका काम हुन्छन् "

सोमवार , मंसिर २२, २०८२

 

नेपालगन्ज, मङ्सिर। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताएका छन ।

नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले निश्चित समय र कार्यका लागि बनेको सरकारले छोटो समयमै आर्थिक सुधारका धेरै काम गर्ने बताए।

उनले देशको अर्थतन्त्रलाई सुधार गर्न अर्थ मन्त्रालयले विभिन्न प्रकारका सुधारका काम गरिरहेकोले त्यसबाट देशको उद्योग व्यवसाय सञ्चालनमा सहज र सरल हुने बताए ।

जेनजी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार न्युनिकरण गर्नु र सुशासन कायम गर्नु रहेको हुँदा सोही म्यान्डेटका साथ सरकारले काम गरिरहेको उनले बताए।

संसद नभएको अवस्थामा धेरै ठुला नीतिगत निर्णय गर्न नसकिने जनाउँदै मन्त्री खनालले देशको आर्थिक अवस्थामा सुधारका लागि अहिलेकै नीति र प्रणालीमा सुधार ल्याउने कार्य गरिरहेको बताए ।

यो सरकारसँग फागुन २१ गतेसम्मको मात्रै समय रहेकोले निर्वाचनलाई समयमै सम्पन्न गर्न आगामी आउने सरकारलाई आर्थिक लगायत विभिन्न क्षेत्रको सुधारका कामहरुको सूची दिएर निरन्तरताका लागि आग्रह गरेर बिदा हुने मन्त्री खनालले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार