२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

प्रहरी दम्पतीबीच झगडा हुँदा चार महिने छोरालाई मारे असईले

सोमवार , मंसिर २२, २०८२

 

काठमाडौँ,मङ्सिर। नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए ।

उनले भने, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।”

असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।

यद्यपि श्रीमतीसँग चार महिने छोराको उपचारको विषयमा झगडा भएपछि उनले श्रीमतीलाई कुटेर छोराको घाँटी थिँचेर मारेको प्रहरीले जनाएको छ । उनकी श्रीमती प्रहरी जवान हुन् । प्रहरीले उनलाई उनलाई उद्धार गरी अस्पताल लगेको थियो भने प्रहरीको उद्धार टोली आउँदासम्म चार महिने छोराको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार