२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जेनजी आन्दोलन

आगजनी, तोफोड र लुटपाट गर्ने - " ४३ जना पक्राउ "

बुधवार , मंसिर १०, २०८२

चितवन,  मङ्सिर ।  जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागु औषध मुद्दामा कारबाही गरिएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उनले बताए । 

आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको उहाँले जानकारी दिए ।

आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार