२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय तथा प्रतिनिधिसभा निर्वाचन

नेपाली कांग्रेस : ' निर्वाचनका लागि दल दर्ता गरायो '

सभापति देउवाकै नाममा दल दर्ता

आइतवार , मंसिर ७, २०८२

 

काठमाडौँ, मङ्सिर । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ । कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो ।

केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।

त्यसबेला उनले पुन: सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।

यसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरणमा देउवाले आफ्नो सक्रियता देखाउन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिनेबारे कांग्रसले शनिबार मात्रै औपचारिक निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन(जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार