२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले महाधिवेशन

उपाध्यक्ष पोखरेलले भने : " अध्यक्षका लागि प्रतिस्पर्धा गर्छु "

बिहिवार , मंसिर ४, २०८२

 

काठमाडौँ, मङ्सिर । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

बिहीबार सचिवालय बैठकमा उनले अध्यक्षको प्रतिस्पर्धा गर्ने औपचारिक रुपमा जानकारी दिएको एक सचिवालय सदस्यले बताए । यो महाधिवेशनमा मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने विचार गरेको छु ।

म स्वस्थ ढंगले प्रतिस्पर्धा गर्छु,पोखरेलको भनाइ थियो, ‘हामीले स्वस्थ प्रतिस्पर्धा गरौं । मेरो कुनै व्यक्तिप्रति लक्षित छैन । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने उल्लेख गर्दै नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गर्नु विगतकै परम्परा भएको बताए ।

विगतमा हामीले प्रतिस्पर्धा गर्दै आएको हो । तर विगतमा प्रतिस्पर्धा गरेका व्यक्तिहरु पार्टीमा रहनुभएन, उनले भने, नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरौं । पार्टीलाई एकताबद्ध बनाएर जाऔं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार