२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग भन्छ

मतदाता सूचीमा नयाँ नाम दर्ता गर्ने : ' ५ लाख २८ हजार पुगे '

सोमवार , मंसिर १, २०८२

 

काठमाडौँ, कात्तिक । मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ ।

निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५७५ जनाले दर्ता गरिसकेका छन् ।

आयोगले कात्तिक ३० सम्म अवधि तोकेकोमा ५ दिन थप गरेको थियो । जसअनुसार मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ । जसका लागि सरकारले १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार