२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कबिता : "नयाँ बर्ष"

आइतवार , चैत्र ३०, २०७६

सगरमाथाको सिखर चुम्दै आयो नयाँ बर्ष
हाम्रो जीवन स्वास्थ बनोस छाओस सधै हर्ष ।।

अंजुलिमा फुलको थुंगा अबिर माला मोति
नयाँ बर्ष आयो नि उषाको लाली रंग पोति।।

सयपत्री फुलको माला, मखमली रोपि
नयाँ साल ७७ लाई स्वागत घुम्टोले छोपी ।।

हिमाल पहाड र तराई चुम्दै आयो नयाँ बर्ष
मेची काली सबैतिर छाओस उमंग र हर्ष।।

अभाव र गरिबीले नेपालिलाइ नछोस
मेलमिलाप भाइचारा हामी भित्र पसोस।।

खुशी रहोस हाम्रो मन ,स्वछ रहोस भावना
हजुरहरु सम्पुर्णमा २०७७ सालको शुभकामना ।।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार