२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

 राष्ट्र बैंक भन्छ   

बितेको चार महिना  : '  सवा ५ खर्ब रेमिट्यान्स  भित्रियो '

बिहिवार , मंसिर २७, २०८१

 

काठमाडौँ, मंसिर । चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । 

गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)  लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार