२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

“कोरोनाले पढायो पाठ “

बुधवार , चैत्र १९, २०७६



प्रक्रिति र प्राणी बरु धुमधाम नै रमायो
तर मानवता भने खै कति पो लरखरायो
नत हेर्न पायो उसले यो पटकको वसन्त
सारा जगत सुनसान कोरोनाले बनायो

तर योजगतका मानवहरुलाई पो यसले
असल मानवबाट ईश्वर भनेरनै चिनायो
मानवतामा हाँस र मानवतामामात्र बाँच
फेरि पाइदैन सुन्दर जीवन भनि बुझायो

कोरोनाको प्रेटिन खराव कति डरलाग्दो
हरपल छ यो राक्षस मानव श्वास ताक्दो
सायद मानवलाई सचेत पार्न पो हो कि
मान्छे भन्दा शक्तिशाली अर्को बुझायो

पिडा किन दिन्छौ मानवभै मानवतालाई
अहंकारले भरिन्छौ सानो भनि अरुलाई
कृतघ्न बन्ने बानी छाड्न नसक्ने मानिस
समानताको पाठ पढ भन्छ है हामीलाई

असल मानिस हुनु सबैको हितमा बाँच्नु
जाल,झेल नगर्नु सबैको भलाई शोच्नु !
कपटिको पाशा बिछ्याएर हिड्यौ भने
सोही जालमा आफु पर्छौ यति त बुझ्नु
!!६
सक्छौ असल बन र मानव हितमा चल
अनन्त बाँच्न पाइन्न यो कुरा साँच्चै बुझ
किन यति हत्ते हाल्छौ ठुलो मानिस बन्न
कर्म सजाई असल कर्म प्राणीमा बाँढ !

हितको मित्र बन तिमी असल कर्म शोच
यति सुन्दर लोभ लाग्दो जीवनलाईबुझ
कर्म गरि सजाऊ तिमी धरा र धर्तीलाई
विश्व मानव बन तिमी घरै मान पृथ्वीलाई !!

शुभ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार