२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसिया कप क्रिकेट : नेपालले टस जित्यो

आइतवार , मंसिर २४, २०८०

काठमाडौँ,मङ्सिर। एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ ।;संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

योसँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ ।

अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।;उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार