भावना शर्मा
कबिता : "मेरो याद अझै आउँछ भने"
सम्झनाका लहरामा जेलिएर कहिँ कतै समाएँ भने
साँच्चै तिमी के गर्छौ हँ ? म कहिलै कतै याद आएँ भनेर?
सम्हालिन्छु आफै म जब होसमा हुन्छु तर
ओठले नाम तिम्रै लिन्छ म बेहोसीमा कराएँ भने
साँच्चै तिमी के गर्छौ हँ? म कहिलै कतै यादआएँ भनेर?
सम्झनाको बाढी आउँदा, मनको बाँध भत्किदिन्छ
अनि छल्कन्छ आँखाहरु, म तिम्रो यादमा हराएँ भने
साँच्चै तिमी के गर्छौ हँ ? म कहिलै कतै याद आएँ भनेर
याद हुन्छ, तिम्रो साथ हुन्छ अनि मिठो त्यो रात हुन्छ
अंगालोमा तिमी हुन्छौ म कहिलै सपनीमै रमाएँ भने
साँच्चै तिमी के गर्छौ हँ ? म कहिलै कतै याद आएँ भनेर