२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कथासार प्रष्ट्याउने ‘पोस्टर’

मंगलवार , फाल्गुण २, २०७९

काठमाडौँ, फागुन।राष्ट्रिय अवार्ड&प्राप्त चलचित्र गोपी का निर्माता श्रीधर पौडेलले बहावको पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिनुभएको छ । “जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ ।

खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँफोटोपत्रकार कँडेलले भन्नुभयो, ;जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।

अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार