२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तनहुँ जिल्ला अदालत : ' पल शाहले पाए सफाइ '

मंगलवार , माघ ३, २०७९


तनहुँ, माघ  । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।

उनका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो । फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको उनले बताए ।शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार