२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

मंगलवार , मंसिर २०, २०७९


काठमाडौँ, मंसिर । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।
प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै सहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ । 
अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन ।  सचिन सिंहले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन निशान घिमिरेले गरेका छन ।  भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेको गीतकार श्रेष्ठले जानकारी दिए ।  
यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिएका छन।   विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिए ।  
उनले भने,  विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार