बाजुरा, मङ्सिर । मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेर निर्वाचित भएका छन ।
कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले २६ हजार ३४९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
पाण्डेले एमालेका थापालाई पाँच हजार ४३७ मतले पराजित गरेका छन । राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचन जितेका हुन ।
उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार ७५७ मत खसेको थियो ।