२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

स्याङ्जा- २  : 'कांग्रेसका धनराज गुरुङको अग्रता,  एमालेकी अर्यालसँग मतान्तर बढाउँदै' 

शुक्रवार , मंसिर १६, २०७९

 

काठमाडौं, मंसिर । १० दिनको बिबादपछि सुरु भएको  स्याङ्जा-२ को मतगणनामा   नेपाली कांग्रेसका उम्‍मेदवार धनराज गुरुङले अग्रता लिएका छन । उनले प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर बढाउँदै पनि लगेका छन । 

पछिल्लो मतगणना अनुसार, गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा छन् । गुरूङले १५ हजार ८०५ मत प्राप्त गर्दा अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् । स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेकोमा हालसम्म ३६ हजार ९७६ मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार