काठमाडौं, मंसीर । स्याङ्जा क्षेत्र नं २ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अगाडि लागेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६५४ मतान्तरले पछि पारेका छन ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छन । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो ।
हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।
यसैगरी क्षेत्र नं २ ९१० मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका मोहन रेग्मीले तीन हजार ३२९ मत प्राप्त गरेकबो निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन ।
दुवैबीचको मतान्तर ७५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।