२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौं उपत्यका

उपत्यका विकास प्राधिकरणले भन्यो  : " अतिक्रमित संरचना ३५ दिनभित्र हटाऊ " 

बुधवार , मंसिर १४, २०७९

काठमाडौं, मंसिर ।  । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।
प्राधिकरणले आज सूचना जारी गरेर काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।
अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ ।

Notice-1.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार