२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एकीकृत समाजवादीको निष्कर्ष 

गठबन्धन दलसँगको सहकार्य निरन्तर : " आगामी रणनीति  तय गर्ने "

मंगलवार , मंसिर १३, २०७९


काठमाडौँ, मंसिर । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन । 
 उनले भने,  “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन ग¥यौँ । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस ग¥यौँ ।” 
बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताएका छन । 
“देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ”, उनले भने । बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ । 
अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताए । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताउनुभयो । 
निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।
 
“निर्वाचनमा जेजस्तो मत परिणाम प्राप्त ग¥यौँ । त्यो हामीले सोचेजस्तो छैन”, उनले भने, “तर सोचे जस्तो छैन भन्दैमा, गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावना अनुसार आगामी दिनमा सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” 
सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन । केही स्थानमा निर्वाचन हुनै बाँकी छ । केही स्थानमा विवाद छन् ।
 “समानुपातिक मत परिणामबाट राजनीतिक दलहरुले प्राप्त गर्ने सिट सङ्ख्याका आधारमा संसद्को समीकरणमा तलमाथि हुनसक्छ । सरकार गठनको अवस्थाका बारेमा आज हामीले छलफल गरेनौँ”, उनले भने,  “संसद्को गणित निश्चित हुनुप¥यो । 
सरकार कस्तो बन्छ भन्ने कुरा पहिले टुङ्गिनु प¥यो । सरकार बन्दा त्यसका नीति कार्यक्रम पाँच वर्षसम्म जान सक्ने सम्भावनाका बारेमा हेरेर मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ ।”
सरकारमा सहभागी हुने आधार र वातावरण तयार भएपछि मात्रै यस विषयमा छलफल हुने उनको भनाइ छ । “सरकारमा सहभागी हुने विषयमा आज कुनै निर्णय भएन”, प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार