२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

सुनसरी–४  :  " पुनः मतगणना सुरु, कांग्रेसका कार्कीको अग्रता "

मंगलवार , मंसिर १३, २०७९


काठमाडौँ, मंसिर । शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ ।  सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिए लगतै मतगणना सुरु भएको हो ।
मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो । 
विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले पुनः मतगणनाको माग गरेको भएपनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।
आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना  गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।  
पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार कार्कीले  १६२ मतले अग्रता लिएका छन । 
उनले २३ हजार ७६६ मत प्राप्त गरेका छन भने एमालेका तर्फबाट जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार