काठमाडौं, मंसिर । मंसिर ४ मा सम्पन्न नुवाकोटको क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्बाचनमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी बिजयी भएका छन ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए ।
एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।