२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गठबन्धनको धन्यवाद सभा

अध्यक्ष दाहालले भने : " गाउँ - गाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न "  

शुक्रवार , मंसिर ९, २०७९


काठमाडौँ, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँ गाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन ।  
गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवाद सभामा उनले झण्डै ७५ वर्ष लामो सङ्र्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए । 
देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए ।  “राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो”, उनले भने, “देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”
उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरे अनुसार परिणाम नआएको उल्लेख गरे ।  अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । 
उनले भने,  “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।”
अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताएका छन । 
“गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु”, उनले भने,  मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार