२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

राजमो अध्यक्ष केसीले बिजयी सभामा भने : " गठबन्धन सफल भयो " 

बुधवार , मंसिर ७, २०७९


काठमाडौँ, मंसिर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताएका छन ।  
बागलुङ निर्वाचन क्षेत्र नं १ मा २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएका केसीले आज बागलुङ बजारमा निकालेको विजयी ¥यालीपश्चात् आयोजित कोणसभामा बागलुङमा गठबन्धन सफल भएको बताएका हुन ।  

उनले बागलुङ जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार विजयी भएकाले गठबन्धन शतप्रतिशत सफल भएको बताउँदै प्रतिगमनका विरुद्धमा आफ्नो लडाइँ अगाडि बढेको बताए ।  

“बागलुङमा प्रतिगमन परास्त भएको छ, गठबन्धन सफल भयो, राष्ट्रिय जनमोर्चाले मिल्दो एजेण्डामा मात्रै गठबन्धनमा सहभागी भएको छ, नमिल्दा एजेण्डा हाम्रो पार्टीका मात्रै हुन”, अध्यक्ष केसीले भने,  “गठबन्धन चुनावपछि समेत कायम हुन्छ, जनमोर्चाले सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन, बागलुङको समग्र विकासमा सक्दो भूमिका खेल्ने छु, मतदातालाई धन्यवाद ।”

सादगी र स्वच्छ छविका नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चौथो पटकलाई संसद् यात्रा तय गरेका छन ।  पन्ध्र वर्षपछि चुनावी मैदानमा उत्रिनुभएका ८२ वर्षीय केसी चौथो पटक संसद् भवन छिर्दैछन । 
विसं २०५४ र २०६४ मा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनावमा बिजयीभएका केसी २०७० सालमा समानुपातिकबाट संसद् बनेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार