२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

काठमाडौ ५ : ' कांग्रेसका प्रदिप पौडेल बिजयी, पोखरेल ५ हजारको फराकिलो मतले पराजित '

मंगलवार , मंसिर ६, २०७९

 

काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल बिजयी भएका छन । करिव ४५ हजार मत रहेको उक्त निर्बाचन क्षेत्रमा पौडेल  १५ हजार २३७ मत ल्याएर निर्बाचित भएका छन । 
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ईश्वर पोखरेलले  १० हजार १७२ मत प्राप्त गरे । बिजयी पौडेलले  पोखरेललाई ५ हजार ६ मतको अन्तरले  बिजय प्राप्त गरेका हुन ।  

नेकपा एमालेको बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत भईसकेका  पोखरेलले यसअघिको निर्बाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका  डा. प्रकाशशरण महतलाई १० हजारको फराकिलो मतमा बिजयी भएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार