२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

रसुवा : 'प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मोहन आचार्य निर्वाचित'

मंगलवार , मंसिर ६, २०७९

काठमाडौं, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिभा सदस्य निर्बाचनमा  रसुवाबाट  नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
निर्बाचन आयोगका अनुसार, २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।  आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।
२०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । 
२०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । निर्माण व्यवसायी ४६ वर्षीय आचार्य इन्जिनियर हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार