२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गजल : पुरानो रमाइलो नयाँ 

बिहिवार , फाल्गुण १५, २०७६


वल्ली भन्दा पल्ली राम्री अझ राम्री तल्ली हजुर
अरुकै स्वास्नी राम्रो देख्ने आफ्नि चाहिँ झल्ली हजुर ।
,
हेर्ने नजर दुइटा छन की एउटै हुँन्छ यो पुरुष को
यहि कुराले सधैँ घरमा हुँन्छ खल्ली बल्ली हजुर ।
,
पुर्णिमाकी जुन हौ भन्थे शुरु शुरुमा ल्याउँदाखेरी
आज भोलि कुन्नि केभो भईस भन्छन डल्ली हजुर ।
,
घरमै पिंदा के हुँदोहो पराई हातै कति प्यारो
रातिसम्म भट्टितिरै बस्छन रल्ली रल्ली हजुर ।
,
कुरेको भात चिसो भयो आफू भोकै सुत्न पर्यो
महासय अबेर राती आउँछन् हल्ली हल्ली हजुर ।
,
बिचार गर्नु यहि पाराले घरबार चल्ने नठानेसी
डल्ली पनि हुक्किएरै अर्कैतिर चल्ली हजुर ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार