२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चलचित्र ‘डेसान’  : ' टिजर सार्वजनिक '

बिहिवार , कार्तिक २४, २०७९

 

काठमाडौँ, कात्तिक । नेपाली चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वाजनिक गरिएको हो । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र कोरोना महामारीको समयमा सुटिङ गरिएको थियो । चलचित्रमा गाउँ समाजमा भएका घटनाहरूलाई समावेश गरिएको छ । सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गतेदेखि प्रदर्शन हुनेछ ।
चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ । यस चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार